सप्तरीमा दुर्घटनाः उपचारार्थ चौधरीको मृत्यु, दुई घाइतेको उपचार हुँदै

राजविराज, ९ फागुन । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–३ स्थित चाँदनी चौकमा कारको ठक्करबाट घाइते भएर उपचारार्थ भर्ना गरिएको एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्ग बा१०च २५२४ नम्वरको कारले बा २६ प २२६० नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

गत बुधवार भएको दुर्घटनामा परेर सुरुङ्गा नगरपालिका–१ पिपरा हनुमान चौक भेडियाका ४५ वर्षीय प्रेम चौधरी, सिरहाको लहान–२० मल्हनमाका २५ वर्षीय अजित चौधरी, उदयपुरको त्रियुगा–६ जलजलेका २२ वर्षीय बिपिन चौधरी घाइते भएका थिए । उनीहरुलाई तत्कालै उपचारार्थ युनिक अस्पताल रुपनीमा भर्ना गरिएको थियो ।

प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएकोमा उपचारकै क्रममा आइतार बिपिन चौधरीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए । ठक्कर दिने कार ईलाका प्रहरी कार्यालय महुलीको नियन्त्रणमा राखिएको छ भने थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

फायल तस्बिर ।

Author:



क्याटोगरी छान्‍नुहोस