भारदहमा धाराको पानी जम्ने खाल्डोमा डुबेर बालकको मृत्यु

राजविराज, १० फागुन । सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका–१ भारदहमा खाल्डोमा डुबेर एक साढे दुई वर्षीय बालकको मृत्यु भएको छ । मामाको विवाहमा भारहद आएका विहार सुपौलको गिदरमारी ग्राम पञ्चायतका बिनोद मेहताको छोरा राजेश मेहताको आइतवार डुबेर मृत्यु भएको हो ।

खेल्ने क्रममा घर पछाडी रहेको धाराको पानी जम्ने खाल्डोमा खसेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए । घटनाबारे थप अनुसन्धा भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस