मलेठ घटनाका दोषीलाई कार्बाहीलाई हुन्छ : मन्त्री साह

राजविराज, २३ फागुन । प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले मलेठ घटनाका दोषीलाई कार्वाही हुने बताएका छन् । सप्तरीको मलेठ घटनाका वीर शहिदहरुको चौथो पुण्यतिथिमा आयोजना गरिएको श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘मलेठ घटनाले सहिदका परिवारलाई जति नै हामीलाई पनि दुखेको छ’ उनले भने–‘र मलेठ घटनासहित विभिन्न आन्दोलनमा भएका सहिदहरुकै कारणले अहिले मुलुकमा लोकतन्त्र स्थापना भएको कुरा कसैले विर्सेको छैन र विर्सिने पनि छैन्, त्यसैले ढुक्क हुनुस् मलेठ घटनाका दोषी जो कोही भए पनि कार्वाही हुन्छ ।’

प्रतिवेदन सावर्जनिक भएसँगै दोषी देखिएकालाई कार्वाही हुने मन्त्री साहको भनाई छ । सहिद र सहिद परिवारको भरणपोषणका लागि प्रदेश सरकार गम्भीर रहेको भन्दै उनले सोही तहत आफ्नो संसदीय विकास कोषबाट सप्तरीको ११ वटै सहिदहरुको नाममा भवन निर्माण गर्न लागेको बताए ।

मन्त्री साहले सहिदहरुले देखेको सपना साकार पार्ने दिशामै प्रदेश सरकार अघि बढेको बताए । ‘केही समस्याहरु छन्, ती समस्याहरु अब विस्तारै समाधान हुन्छ’ उनले भने–‘र सहिदहरुले देखेको सपना पक्कै पनि पूरा हुने विश्वास छ ।’

जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता रामचन्द्र यादवको अध्यक्षतामा आयोजित सभामा पार्टीका केन्द्रीय सदस्यहरु नरेन्द्र यादव, दिनेश कुमार यादव, अशोक कुमार यादव, अमरनाथ मण्डल र.दिपेन्द्र चोधरी, महिला नेतृ पुनम यादव, विद्यार्थी नेता किशोर कुमार यादव, शम्भु यादव लगायतले बोलेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस