सप्तरीमा कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित दुई जना युवक पक्राउ

राजविराज, २३ फागुन । सप्तरीमा कटुवा पेस्तोलसहित दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका–७ का २० वर्षीय महेशकुमार शर्मा र वडा नम्वर ५ का १९ वर्षीय प्रमोद साह रहेका छन् ।

दुवै जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको छ । विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले राजविराज नगरपालिका–७ बाट कटुवा पेस्तोल एक थान र सोही पेस्तोलमा लाग्ने दुई थान गोलीसहित दुवै जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले बताए ।

उनका अनुसार शर्मा पनि २०७४ बैशाख १३ गते पनि एक थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने ३ राउण्ड गोलीसहित पक्राउ गरेका थिए । सोही अनुसार हातहतियार तथा खरखजना मुद्दामा शर्मा १ वर्ष कैद समेत भुक्तान गरिरहेको प्रहरी उपरीक्षक धमलाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

सोही पत्रकार सम्मेलनमा जबरजस्ती करणी गरेर गर्भवती बनाएको मुद्दामा फरार रहेका प्रतिवादी पनि सार्वजनिक गरिएको छ । गत जेष्ठ २६ गते विष्णुपुर गाउँपालिका–५ स्थित एक युवतीलाई जबरजस्ती करणी गरी फरार रहेका सोही गाउँपालिका वडा नं. ५ कै ३५ वर्षीय मो.रहमुललाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक धमलाले पत्रकार सम्मेलनमा बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस