विराटनगर, २४ फागुन । सर्वोच्च अदालतको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका कार्यकर्ताले मोरङको विराटनगर–११ स्थित नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् । अदालतले आइतबार पूर्ववत रुपमा एमाले र माओवादी रहेको फैसला परेको थियो ।
संस्कृति, पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमालेको मोरङ जिल्ला कार्यालय लेखिएको बोर्ड राखेका हुन् ।
यसअघि विराटनगर महानगरपालिका–११ पाञ्चालीमा पूर्वएमाले र पूर्वमाओवादी मिलेर बनेको नेकपाको जिल्ला कार्यालय थियो ।