बोदे बरसाईनमा पनि मनाए अन्तराष्ट्रिय महिला दिवस

उमेश कुमार साह
बोदे बरसाईन, २४ फागुन । सप्तरीको बोदे बरसाईन नगरपालिकामा पनि १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । ‘महिलाको सरक्षा, सम्मान र रोजगार: समृद्ध नेपालको आधार’ मूल नाराका साथ बोदे बरसाईन नगरपालिका महिला तथा बालबालिका शाखा तथा समग्र जन उत्थान केन्द्र लहान सिरहाले संयुक्त रूपमा दिवस मनाएका हुन् ।

महिला हिंसा अन्त्य सम्बन्धी नारा लगाउँदै नगरपालिका प्राङ्गणबाट निस्केको प्रभातफेरीले बजार परिक्रमा पश्चात पुनः नगरपालिका प्राङ्गणमा पुगेर सभामा परिणत भएको छ । सभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र नाथ शर्माले छोरी जति नै बुहारीलाई पनि स्नेह दिनुपर्नेमा जोड दिए । ‘महिला हिंसा अन्त्य गर्न हामी आफ्नै घरबाट सुरुवात गर्नुपर्छ’ उनले भने–‘छोरी जति नै बुहारीलाई स्नेह दिए अवश्य पनि महिला हिंसा अन्त्य हुने विश्वास छ ।’

महिला बचत ऋण सहकारी संस्थाकी अध्यक्ष बविता विश्वकर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक उत्सव विष्ट, नगर शिक्षा अधिकृत राम सागर यादव, ईलाका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक अरूण सिंह लगायतले महिला हिंसा अन्त्य हुनुपर्नेमा जोड दिए । कार्यक्रमको संचालन भने महिला तथा बालबालिका शाखा निरीक्षक कला चपाँगाई गरेकी थिइन् भने स्वागत मन्तव्य सव ईन्जिनियर पुर्णिमा कुमारी यादवले दिइन् ।

कार्यक्रममा नगरपालिकाका ईन्जिनियर बिनोद साह, कम्पयुटर अपरेटर ललित कुमार मण्डल, समग्र जन उत्थान केन्द्रका प्रतिनिधि ओम प्रकाश ठाकुर, लोकेन्द्र प्रसाद यादव, शिक्षक जितेन्द्र प्रसाद गुप्ता लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780