तिलाठी कोइलाडीमा भव्य ‘वाटर फन पार्क’ बन्दै (डिपिआरसहित)

राजविराज, २४ फागुन । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा भव्य ‘वाटर फन पार्क’ निर्माण हुने भएको छ । पार्क निर्माण गर्न डिपीआर (विस्तृत परियोजना रिपोर्ट) समेत तयार भइसकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ३ करोड ४९ लाख र गाउँपालिकाको एक करोड ४९ लाख गरी झण्डै पाँच करोड रुपैयाँको लगानीमा भव्य पार्क निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले मधेशलाइभलाई जानकारी दिए ।

उनका अनुसार नेपाल र भारतका पर्यटकलाई लक्षित गर्दै ‘वाटर फन पार्क’ निर्माण गर्न लागिएको हो । ‘हामी ५ करोड रुपैयाँको लगानीको वाटर फन पार्क निर्माण गर्न लागेको हो’ उनले भने–‘वडा नम्वर १ स्थित बेल्हीमा पार्क बनाउने हाम्रो तयारी छ, यद्यपी जग्गा अलि बढी नै आवश्यक पर्ने भएकाले त्यहाँ जग्गा कम भए अन्य ठाउँमा पनि जानसक्ने सम्भावना छ ।’

केही समझौताका कुराहरु बाँकी रहेकोले सो कार्य सकिएसँगै टेण्डर प्रक्रियामा जाने अध्यक्ष सिंहले बताए । ‘यो सब प्रक्रिया मिलाउन डेढदेखि २ महिनासम्म लाग्नसक्छ’ उनले भने–‘टेण्डर सकिएसँगै २ वर्षभित्र पार्क निर्माण गराइसक्ने हाम्रो योजना छ ।’

यस्तो बन्ने छ ‘वाटर फन पार्क’:

Author:



क्याटोगरी छान्‍नुहोस