कोलकातामा आगलागी हुँदा रेल्वेकर्मी र प्रहरीसहित ९ जनाको मृत्यु

जनकपुरधाम । भारत पश्चिम बंगालको कोलकातामा रहेको न्यू कोयलाघाट भवनमा आगलागी हुँदा ९ जनाको जलेर मृत्यु भएको छ । भवनको १३ औँ तलामा सोमवार साँझ आगलागी भएको हो ।

रेल मन्त्री पियूष गोयलका अनुसार घटनामा चार जना फायर फाइटर्स, २ जना रेल्वेकर्मी, १ जना प्रहरीसहित ९ जनाको मृत्यु भएको छ ।

आगलागीको कारण खुल्न नसकेको छैन । रेल मन्त्री गोयलले कारण पत्ता लगाउन चार जना अधिकारीको नेतृत्वमा उच्चस्तरीय जाँच कमेटी बनाउने ट्वीटमा जानकारी दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै आगलागीमा परेर मृत्यु भएका परिवारलाई २ लाख रुपैयाँ तथा घाइते परिवारलाई ५० हजार रुपैयाँको सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस