सप्तरीमा जन्ती बोकेको विगंर दुर्घटना हुँदा एक दर्जनबढी घाइते (घाइतेको नामसहित)

उमेश कुमार साह
बोदे बरसाईन, २५ फागुन । सप्तरीको बोदे बरसाईन नगरपालिकामा आज विहान जन्ती बोकेको विगंर अनियन्त्रित भएर दुर्घटनामा परेको छ । विसनपुर–बोदे बरसाईन सडक खण्डमा भएको दुर्घटनामा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

विष्णपुर गाउँपालिका–१ मधेपुराबाट जन्ती बोकेर बोदे बरसाईनस्थित काचनतर्फ गइरहेको ना १ ज ८९३८ नम्वरको विगंर अनियन्त्रित भएर सगरमाथा डेरीको वालमा ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुई जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय बोदे बरसाईनले जनाएको छ । गम्भीर घाइते बोदे बरसाईन–८ काचनका ४५ वर्षीय बच्चालाल दास र २९ वर्षीय देव नारायण दासको उपचार युनिक हस्पिटलमा भइरहेको छ ।

यसैगरी घाइतेहरु सोही ठाउँका २३ वर्षीय रविन कुमार दास, ५० वर्षीय राम दास र ३५ वर्षीय शिव कुमार दासलाई उपचारको लागि एडभान्स क्लिनिक कल्याणपुरमा भर्ना गरिएको छ । सोही ठाउँका घाइतेहरु  २२ वर्षीय शंकर साह, २५ वर्षीय २५ बिजय कुमार यादव र विगंर चालक २५ वर्षीय मुकेश कुमार चौधरीलाई उपचारको लागि छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको छ ।

यसैगरी घाइते ३० वर्षीय जय प्रकास साह, २३ बर्षीय चन्देश्वर साह, १७ वर्षीय तेज कुमार दास, १८ वर्षीय दिपक कुमार यादव, १८ वर्षीय कृष्ण कुमार दास, १९ बर्षीय उमेश कुमार यादवलाई उपचारको लागि स्थानीय लाईफ केयर पोलि क्लिनिकमा उपचारको लागि भर्ना गरिएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस