एसईई परीक्षा आगामी जेठ १३ गतेबाट सञ्चालन गर्ने निर्णय

जनकपुरधाम । माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने भएको छ । २०७७ सालको एसईई जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ ।

गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साबिक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने छ ।

Author:



क्याटोगरी छान्‍नुहोस