हामी इतिहास प्रति ध्यान नदिएकाले हाम्रा पहिचान हराउँदै गइरहेको छ : डा.राउत

कमल कुमार मण्डल
छिन्नमस्ता (सप्तरी), २५ फागुन । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफ्ना इतिहास प्रति ध्यान नदिएका कारण हाम्रा पहिचान हराउँदै गएको बताएका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित भुपेन्द्र संस्कृत माध्यमिक विद्यालयको खेल मैदानको प्रांगणमा सोमवार अयोजना गरिएको आमसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘झण्डै ७ सय वर्षअघि राजा संक्रसिंहको नामबाट सखडाको स्थापना भएकोले हाम्रो ठुलो प्रमाण सखडेश्वरीको शक्तिपीठ समेत रहेको छ’ कार्यक्रमका प्रमुख अतिथि डा. राउले भने ‘सिम्रौणगढमा राजा नान्यदेवको वंशमा रहेका शुक्र सिंहले आफ्ना छोरा हरी सिंहदेवलाई आफ्नो जिम्मेवारी दिई वृद्ध अवस्थामा सप्तरीमा जिवन विताउन आए पश्चात उनलाई भेटीएको मुर्तिको नाम राजा शुक्रसिंहको नामवाट सखडेश्वरी भगवतीको स्थापना गरिएको हो ।’

राजनीतिमा चासो नदिएको तथा आफ्ना इतिहास, भूगौल, अधिकारलगायतका कुराहरुप्रति ध्यान नदिएकोले अहिले हाम्रा पहिचान लोप हुदै गएको डा. राउतको भनाई छ । मधेशमा कालिया नागको शासन भएको भन्दै उनले कालिया नागलाई १० औं वर्षसम्म पनि हामीले दुध खुवाए पनि अन्त्यमा जनतालाई नै टोक्दै आएको बताए ।

सभामा पार्टीका केन्द्रीय सदस्य तथा सप्तरीका पुर्व इन्चार्ज सुरेन्द्र मधेशी, वरिष्ठ नेतृत्व मण्डलका केन्द्रीय सुचना प्रमुख तथा सप्तरीका इन्चार्ज सुर्यदेव यादव, वरिष्ठ नेतृत्व मण्डलका प्रतिनिधि मो. उसमान, महिला जनमत संघ सप्तरीका संयोजक शुशिला यादव, विद्यार्थी जनमत संघका केन्द्रीय सदस्य रामनारायण साह, नेता डा. विरेन्द्र यादव, वडा संयोजकहरु सुनिल राय, मन्टु दास, सचिव गंगा साह लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रमको सञ्चालन थानेश्वर साहले गरेका थिए भने रुपा मेहताले स्वागत मन्तव्य दिइन् । सोही कार्यक्रममा जनमत पार्टी छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा ऋषिकेश ठाकुर, उपाध्यक्षमा उपेन्द्र खंग, सचिवमा राजेश चौधरी, सह–सचिवमा नारायण मेहता, कोषाध्यक्षमा सावीत्री देवी रायसहित २५ सदस्य समिति समेत गठन गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780