सप्तरीमा पिकअपले ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु

राजविराज, २५ फागुन । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ जण्डौलमा मंगलवार पिकअपको ठक्करबाट एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । पूर्वतर्फ जादै गरेको प्रदेश ३–०१–०२४ च.४२६९ नम्वरको पिकअपले ठक्कर दिँदा सोही गाउँपालिका–१ सिमराका २८ को दिपक चौधरीको मृत्यु भएको हो ।

सोही दिशातर्फ गइरहेको चौधरीलाई पिकअपले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले बताए । शव पोष्टमार्टमको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको जनाएको छ ।

ठक्कर दिने चालक कपिलबस्तुको बाह्रगंगा नगरपालिका–४ का २४ को दिपेन्द्र थापा र पिकअप नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक साहले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस