पुनःस्थापित प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दै

जनकपुरधाम । पुनःस्थापित प्रतिनिधिसभाको दोस्रो बैठक आज दिउँसो १ बजे बस्दैछ । यसअघि गत आइतबार बसेको पहिलो बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को अवरोधले स्थगित भएको थियो ।

सो बैठकलाई पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले बहिष्कार गरेका थिए । नेकपाको नाम सम्बन्धी सर्वोच्चको पछिल्लो फैसलासँगै एकता औपचारिक रुपमा भंग भएपछि नेकपाका सांसदहरु आज पूर्ववत एमाले र माओवादी केन्द्रका रुपमा सदनमा जाने छन् ।

आजको बैठकमा पनि गत आइतवारका लागि तय गरिएको कार्यसूचीले निरन्तरता पाउने संसद सचिवालयले जनाएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गर्ने कार्यक्रम छ ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780