हुण्डी कारोबारः लाखौं रुपैयासहित माँ अम्बे ट्रेडर्सका कर्मचारी पक्राउ, सञ्चालक फरार

जनकपुरधाम, २६ फागुन । पर्सामा हुण्डी (अवैध वित्तीय कारोवार) मा संलग्नता भन्दै जय माँ अम्बे ट्रेडर्सका एक जना कर्मचारीलाई लाखौं रुपैयाँसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–२३ का ३८ वर्षीय जयराम राउत कुर्मी छन् ।

उनी वीरगञ्ज महानगरपालिका–६ स्थित जय माँ अम्बे ट्रेडर्सका कर्मचारी हुन् । कुर्मीको साथबाट ७ लाख ७५ हजार ४७० रुपैयाँ र ७ हजार ४ सय भारतीय रुपैयाँ नगद बरामद भएको छ ।

यसैगरी बल्लु राजको नाममा जारी भएको २ लाख रुपैयाँ र रामप्रसाद पटेलको नाममा जारी भएको ५ लाख ६० हजार रुपैयाँ बराबरको चेक बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रसाद खनालले जानकारी दिए ।

ट्रेडर्सबाटै हुण्डी कारोबार भइरहेको प्रहरीको आशंका छ । ट्रडर्सका सञ्चालक फरार रहेकोले उनको खोजी भइरहेको डिएसपी खनालले बताए । पक्राउ परेका कुर्मीमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरुद्वको कसुरमा अनुसन्धान आगाडी बढाइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस