राजविराजमा राष्ट्रिय महोत्सवः प्रतिभाशालीका लागि मोटरसाइकल र स्कुटर उपहार !

राजविराज, २६ फागुन । सप्तरीमा राष्ट्रिय महोत्सव हुने भएको छ । ‘रकी इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजीङ’ले राजविराजमा ११ दिने राष्ट्रिय महोत्सव आयोजना गर्न लागेको हो ।

आयोजकले बुधवार पत्रकार सम्मेलन गर्दै बैशाख ३१ गतेदेखि जेठ १० गतेसम्म हुने महोत्सवको विषयमा जानकारी दिएका छन् । मनोरञ्जन तथा व्यवसायको प्रचार प्रसार एवं प्रबद्र्धन गर्नका लागि महोत्सव आयोजना गर्न लागेको आयोजकका अध्यक्ष रकी झाले बताए ।

महोत्सवमा ‘मिस्टर एण्ड मिस नेशन २०२१’, ‘सिंगिङ आइडल नेशन २०२१’, ‘डान्सिङ आइडल नेशन २०२१’, ‘मिस्टर फिजिक्स् नेशन २०२१’ लगायतका विधाहरुमा प्रतिस्पर्धा गराउने कार्यक्रम रहेको छ ।

प्रतिस्पर्धाका विजेता र उपविजेतालाई मोटरसाइकल, स्कुटर, नगद र ट्रर्फीकासाथै गिफ्टहरु प्रदान गरिने आयोजकका अध्यक्ष झाले बताए । प्रतिस्पर्धामा सहभागी गराउनका लागि देशभरका मुख्य मुख्य बजारबाट अडिशन लिइनेछ भने अडिशनमा छनोट गरिएकालाई प्रतिस्पर्धामा सहभागी गराइने आयोजकले जनाएको छ ।

अडिशनका लागि ‘केछ खबर डटकम’ मार्फत आवेदन उपलब्ध गराइएको छ भने आवेदन भरेर आयोजकलाई इमेल ([email protected]) मा पठाउनुपर्ने व्यवस्था गरिएको छ । यसैगरी महोत्सवमा व्यवसायको प्रचार प्रसार गर्न १ सय वटा स्टलहरु राखिने छ ।

सो महोत्सवमा झण्डै एक करोड रुपैयाँ खर्च हुनेछ भने महोत्सवबाट उठेको रकमको कुल ५ प्रतिशत वृद्धाआश्रममा सहयोग गर्ने आयोजकले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस