प्रदेशका स्वास्थ्य संस्थाहरुमा आमूल परिवर्तनको आवश्यकता : मुख्यमन्त्री राउत

जनकपुरधाम, २६ फागुन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा स्वास्थ्य संस्थाहरुमा आमूल परिवर्तनको आवश्यकता औंल्याएका छन् ।

बुधवार रौतहटस्थित रौतहट ग्राण्डी हस्पिटल एण्ड आँखा अस्पतालको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘यो प्रदेश स्वास्थ्य क्षेत्रमा पछाडी पारेको छ’ उनले भने–‘स्वास्थ्य संस्थाहरुमा आमूल परिवर्तनको आवश्यकता छ, र सोही दिशामा सरकार अघि बढेको छ ।’

उनले निजि क्षेत्रबाट सञ्चालनमा ल्याएको यस अस्पतालले विरामीहरुलाई भरपर्दो सेवा दिने विश्वास व्यक्त गरे ।

गरुडाका नगर प्रमुख इन्नु राय यादवकों अध्यक्षतामा आयोजित कार्यक्रममा भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, प्रदेशसभा सदस्य अब्दुल कलाम अजाद लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस