सप्तरीमा नेकपाको बोर्ड हटाएर एमालेको कार्यालय स्थापना

राजविराज, २६ फागुन । सप्तरीमा नेपाल कम्युनिष्ट पार्टीको बोर्ड हटाएर नेकपा एमालेको कार्यालय स्थापना गरिएको छ ।

सर्वोच्च अदालतको फैसलापछि नेकपा ओली समूहका कार्यकर्ताले राजविराज–८ मदननगरस्थित नेकपा एमाले जिल्ला पार्टी कार्यालय स्थापना गरेका छन् । अदालतले गत आइतबार पूर्ववत रुपमा एमाले र माओवादी रहेको फैसला गरेको थियो ।

एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश २ का इन्चार्ज सत्यनारायण उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा (एमाले) जिल्ला पार्टी कार्यालय सप्तरी लेखिएको बोर्ड राखेका हुन् । यसअघि सो कार्यालयमा पूर्वएमाले र पूर्व माओवादी मिलेर बनेको नेकपाको जिल्ला कार्यालय थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस