बोदे बरसाईनस्थित राष्ट्रिय आधारभुत विद्यालयमा थप दुई कोठे भवन बन्ने

उमेश कुमार साह
बोदे बरसाईन (सप्तरी), २ चैत । सप्तरीको बोदे बरसाइन नगरपालिका–१० स्थित राष्ट्रिय आधारभुत विद्यालय खडकपुरमा थप दुई कोठे भवन निर्माण हुने भएको छ । भवनको सोमवार आयोजित एक कार्यक्रमकाबीच नगरपालिकाका मेयर आतेशकुमार सिंह यादवले शिलान्यास गरेका हुन् ।

कार्यक्रममा नगर शिक्षा अधिकृत राम सागर यादव, नगरपालिकाको इन्जिनियर बिनोद साह, सब–इन्जिनियर सनित साह, वडाअध्यक्ष सुमित कुमार यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम उमेश दास, प्रधानाध्यापक राम चरन प्रसाद यादव, दमर नारायण यादव, मेदनी साह, उपेन्द्र प्रसाद यादव, रन्जित कुमार यादव लगायतको सहभागी थियो ।

नेपाल सरकारको भौतिक पुर्वाधार निर्माण र शिक्षा युवा तथा खेलकुद शाखा नगरपालिकाको सशक्त अनुदानबाट १६ लाख र जनसभागिताबाट १ लाख ६० हजार रुपैयाँ गरी कुल लागत १७ लाख ६० हजार रुपैयाँमा भवन निर्माण हुन लागेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस