राष्ट्रिय भारोत्तोलनः १४ स्वर्ण जित्दै नेपाल प्रहरी प्रथम

राजविराज, २ चैत । सप्तरीमा आयोजना गरिएको प्रथम राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगितामा १४ स्वर्ण जित्दै नेपाल प्रहरी प्रथम भएको छ ।

भारोत्तोलनका राष्ट्रिय खेलाडी देवसुन्दर यादवको स्मृतिमा आयोजना गरिएको प्रतियोगितामा सात स्वण जित्दै बर्दिया दोश्रो र सामान ४/४ स्वर्ण जित्दै नेपाली सेना, कंचनपुर र आयोजक सप्तरी तेश्रो स्थान प्राप्त गरेका छन् । आइतबार अबेर रातिसम्म चलेको प्रतियोगिताको सोमबार अन्तिम नतिजा सार्वजनिक भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ कंचनपुरका सुभास उपाध्याय स्ट्रोङगेस्ट म्यान अफ द टुर्नामेन्ट र सोही जिल्लाका अशोक सिंह भण्डारी राइजिङ प्लेयर म्यान अफ टुर्नामेन्ट घोषित भए । यसैगरी महिलातर्फ नेपाल प्रहरीकी तारा पुनः स्ट्रोङगेस्ट वुमन अफ द टुर्नामेन्ट तथा सप्तरीकी सरिता यादव राइजिङ प्लेयर वुमन अफ टुर्नामेन्ट घोषित भइन् ।

प्रतियोगिता सकिएपछि भारोत्तोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवको अध्यक्षतामा आयोजित समारोहमा पुरस्कार बितरण गरिएको छ ।

नेपाल भारोत्तोलन संघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठ, पूर्वमन्त्री उमेश यादव, राजविराज नगरपालिका प्रमुख शम्भु यादव, खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज माझी, संचारकर्मी नवीन गुप्ता लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन् । प्रतियोगितामा देशभरका एक सय २० जना खेलाडीको सहभागिता थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780