अर्यालको स्मृतिमा साहित्यिक कार्यक्रम आयोजना हुने

प्रिया सिंह थारु
राजविराज, २ चैत । सप्तरीको बैरवामा आदिमकवी स्व.उदयानन्द अर्यालको स्मृतिमा साहित्यिक कार्यक्रम आयोजना हुने भएको छ । राजनितिज्ञ, कुशल प्रशासक तथा सहित्यिकार समेत रहनु भएको अर्यालको स्मृतिमा स्व. उदयानन्द स्मृति प्रतिष्ठानले चैत्र २१ गते गोष्ठीको आयोजना गर्न लागेको हो ।

उदयानन्द स्मृति प्रतिष्ठानले सोमवार राजबिराजमा पत्रकार सम्मेलनमार्फत सो बारे जानकारी गराएको छ । गोष्ठी नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुगको प्रमुख आतिथ्यमा आयोजना हुन लागेको प्रतिष्ठानका अध्यक्ष भरतराज शर्माले बताए ।

नेपाली कला साहित्य र संस्कृतीको जर्गेनामा टेवा पुर्याउने उद्देश्यले साहित्यिक कार्यक्रम गर्न लागिएको उनले बताए । उनका अनुसार प्रतिष्ठानद्धारा स्थापित आदिमहाकवि उदयानन्द स्मृति पुरस्कारबाट हालसम्म १७ जना साहित्यिकार पुरस्कृत भइसकेका छन् ।

विस १८१२ मा सप्तरीको बैरबामा जन्मिएका आदिमहाकवि स्व.अर्याल समाजसेवा, राजनिति, कला सहित्य र अध्यात्म क्षेत्रमा लामो समयसम्म क्रियाशिल थिए । नेपाली भाषाका आदिमहाकविको उपाधि पाएका उनको १८९४ मा देहावसान भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस