ओली–नेपालबीचको छलफल निष्कर्षविहीन

जनकपुरधाम । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच ४ महिनापछि भएको छलफल निष्कर्षविहीन भएको छ । छलफलमा दुवै पक्षले आ–आफ्ना अडानहरु राखेका थिए ।

अध्यक्ष ओली पक्षले पार्टीमा आउनका लागि विभिन्न पक्षबीच छलफल गर्नुपर्ने बताउँदा नेपाल पक्षले फागुन २८ गते बालुवाटारमा भएको ओलीपक्षीय केन्द्रीय कमिटीको बैठकमा भएका निर्णय रद्द गर्नुपर्ने अडान लिएका छन् । दुवै पक्ष आ–आफ्नो अडानमा रहँदा बैठक निष्कर्षमा पुग्न नसकेको जनाएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेताहरूले दुवैले आ–आफ्ना प्रस्तावहरु राखेको जानकारी दिएका छन् । उनीहरुले पहिलो बैठकबाटै सम्पूर्ण विषयको समाधान ननस्किने बताउँदै अनौपचारिक संवादलाई जारी राख्ने बताएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस