विस्फोटपछि तातिए सिडिओ, सबै कार्यालयलाई दिए यस्तो निर्देशन

राजविराज, २ चैत । सिरहाको लहान स्थित मालपोत कार्यालयमा आइतवार बम विस्फोट भएपछि सवै कार्यालयको सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिइएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले आइतवारै सूचना जारी गर्दै आ–आफ्नो कार्यालयको सुरक्षा व्यवस्था कडा बनाउनका लागि केही महत्वपूर्ण कार्यहरु गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।

कार्यालयभित्र र बाहिर कुनै शंकास्पद बस्नुहरु रहे नरहेको वारम्वार निरीक्षण गर्ने गराउने, सेवा लिन आउने सेवाग्राहीको व्यवहारलर्य सुक्ष्म निगरानीकालागि सीसी क्यामेरा जडान गर्ने, सेवाग्राहीहरु काार्यालय प्रवेश गर्नु पूर्व ल्याएका व्याग, झोलाहरु नियमित चेकजाँच गर्ने व्यवस्था मिलाउने कार्य गर्न सूचनामा भनिएको छ ।

यसैगरी सेवाग्राहीको व्यवहार शंकास्पद देखिए वा साथमा त्यस्ता अन्य कुनै वस्तु रहेको शंका लागेमा तुरुन्तै चेकजाँच गर्ने वा नजिकको सुरक्षा निकायहरुमा सूचना दिई सहयोग गर्ने, कार्यालयमा भरपर्दो सुरक्षा व्यवस्थाका लागि नियमित पालोपहराको व्यवस्था गर्ने, पालोपहरा बस्ने व्यक्तिहरुको सम्पर्क नम्वर नजिकको सुरक्षा निकायहरुलाई समेत उपलब्ध गराउने, सेवाग्राहीको विवरण राख्ने व्यवस्था मिलाउन भनिएको छ ।

यसैगरी कार्यालयको भौतिक सम्पति, सवारी साधनहरु, कागजातहरुको भरपर्दो सुरक्षा व्यवस्था मिलाउने र अग्नी समन यन्त्रहरु कार्यालयमा जडान गर्ने गरी प्राथमिक उपचारको व्यवस्था समेत मिलाउने सूचनामा उल्लेख छ ।

आइतवार दिउँसो भएको विस्फोटमा परेर ८ जना घाइते भएका छन् भने १ जनाको अवस्था गम्भिर रहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस