विस्फोट प्रकरणः आशंकामा एक युवक पक्राउ

राजविराज, २ चैत । सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा भएको प्रेसर कुकर बम विस्फोट गराएको आशंकमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लहान–१८ भदैयाका २७ वर्षीय बलराम मण्डल रहेका छन् ।

सिसिटिभी क्यामेरामा कैद भएको तस्बीरको आधारमा मण्डललाई पक्राउ गरिएको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक दिपेश गिरीले बताए । राष्ट्रिय अनुसन्धान विभाग र नेपाल प्रहरीको सूचनाको आधारमा मण्डललाई पक्राउ गरिएको हो । पक्राउ परेका मण्डललाई नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको प्रहरी उपरीक्षक गिरीले बताए ।

आइतवार दिउँसो भएको विष्फोटमा परेर आठ जना घाइते भएका छन् । घाइतेमध्ये धनगडीमाइ नगरपालिका–४ जयपुरका ३० वर्षिय दिनेश भण्डारीको अवस्था गम्भीर भएपछि थप उपचारको लागि काठमाण्डौ पठाइएको छ ।

यसैगरी कार्यालयका कर्मचारी शिवकुमार यादवको विराटनगरमा भइरहेको छ । उता, जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले सोही दिन विज्ञप्ति जारी गर्दै विस्फोटको जिम्मा लिएका थिए ।

यो पनिः

मालपोत कार्यालय सिरहामा बम विस्फोट, आधा दर्जन व्यक्ति घाइते

अपडेटः जनतान्त्रिक तराई मुक्ति माेर्चाले लिए विस्फोटको जिम्मा

Author:



क्याटोगरी छान्‍नुहोस