‘रादमुजा’अभियान थप विस्तार हुँदै

राजविराज, २ चैत । राष्ट्रिय दलित मुक्ति जागरण अभियान (रादमुजा) अभियान अन्तर्गत सप्तरीको बोदे बरसाईन नगरपालिका–६ खमगढमा ३१ सदस्यीय वडा कमिटी गठन भएको छ । अभियान सप्तरीका अध्यक्ष प्रथमलाल राम प्रमुख आतिथ्यमा सोमवार आयोजित कार्यक्रमबाट कमिटी गठन भएको हो ।

अभियानको प्रशिक्षण तथा संगठन विस्तार कार्यक्रमअनुसार कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमबाट बुधेश्वर सदाको अध्यक्षतामा वडा कमिटी गठन भएको जनाएको छ । समितिको उपाध्यक्षमा उर्मिला सदा, सचिवमा उपेन्द्र सदा, सदस्यमा बिल्टु दास, नारायण मण्डल, उतिमलाल मण्डल लगायतका छन् ।

कार्यक्रममा जागरण अभियानका केन्द्रिय अभियान गंगा सदा, बद्री सदा, धनीर सदा, सप्तरी जिल्ला प्रवक्ता रामप्रसाद राम, अतिथिहरुमा राउमेश दास, राजा दास लगायत सहभागी रहेको गंगा सदाले जानकारी दिए । कार्यक्रमको अध्यक्षता भने बुधेश्वर सदाले गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस