राष्ट्रपतिको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीको आव्हानमा आज (मंगलवार) दिउँसो ४ बजे सर्वदलीय बैठक बस्दैछ । शीतल निवासमा बस्न लागेको सर्वदलीय बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु सहभागी हुनेछन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई सहभागी हुन बोलाइएको छ ।

दलहरूबीच बढ्दै गइरहेको असन्तुष्टि, सत्तारुढ दल एमाले विभाजन उन्मुख भएको अवस्था र सत्ता समीकरण सङ्घर्षकाबीच बस्न लागेको यो बैठकलाई महत्वकासाथ हेरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस