मालपोत कार्यालय सिरहामा बम विस्फोट, आधा दर्जन व्यक्ति घाइते

राजविराज, १ चैत । सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा आइतवार दिउँसो बम विष्फोट भएको छ । विस्फोटमा आधा दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

करिब पौने १ बजेतिर भएको प्रेसरकुकर बम विस्फोटमा परेर आधा दर्जन व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताए । ‘केहीको अवस्था गम्भीर छ’ उनले भने–‘उनीहरुलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ ।’

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राजभण्डारीले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस