जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो पार्टी देशको नेतृत्व गर्ने शक्ति रहेको बताएका छन् । उनले ट्वीट गर्दै जसपा कसैको पुच्छर नभएको भन्दै देशको नेतृत्व गर्ने शक्ति रहेको बताएका हुन् ।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र विरुद्ध जसपा कसैसँग सम्झौता नगर्ने उनले स्पष्ट गरेका छन् ।
जसपाबारे जान्नैपर्ने कुरा:१.यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी हैन;बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो!२.गणतन्त्र,.संघीयता,धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र विरूद्ध कसैसंग सम्झौता गर्दैन;३.यो कसैको पुच्छर हैन,आफै देशको नेतृत्व गर्ने शक्ति हो।
— Baburam Bhattarai (@brb1954) March 13, 2021