अपडेटः जनतान्त्रिक तराई मुक्ति माेर्चाले लिए विस्फोटको जिम्मा

राजविराज, १ चैत । सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा आइतवार भएको बम विस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।

मोर्चाले आइतवारै विज्ञप्ति जारी गर्दै भ्रष्टाचार विरोधी अभियान अन्तर्गत कारवाही स्वरुप प्रेसर कुकर बम विस्फोट गराएको जनाएको छ । भ्रष्टाचार जारी नै रहे उच्च स्तरको कारवाही गर्ने गोइतद्वारा जारी गरिएको विज्ञप्तिमा चेतावनी समेत दिइएको छ ।

दिउँसो करिब पौने १ बजेतिर भएको विस्फोटमा परेर आधा दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

यो पनिः

मालपोत कार्यालय सिरहामा बम विस्फोट, आधा दर्जन व्यक्ति घाइते

Author:



क्याटोगरी छान्‍नुहोस