सदस्यतामा अझै ५० प्रतिशत शुद्धिकरण भएको छैनः अध्यक्ष आचार्य

राजविराज, १ चैत । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सदस्यता शुद्धिकरण अभियान अन्तर्गत ५० प्रतिशत शुद्धिकरण भइसकेको बताएका छन् । सप्तरीको राजविराज आइतवार आयोजना गरिएको ‘सुरक्षित र व्यवसायिक पत्रकारिताका लागि महासंघको भूमिका विषयक अन्तरसम्वाद कार्यक्रम’मा बोल्दै उनले यस्तो बताएका हुन् ।

अन्तरसम्वादमा सहभागीता सञ्चारकर्मीहरुबाट उठेको प्रश्नको जवाफ दिँदै उनले भने–‘हाम्रा सदस्य भएपछि नेपाल प्रहरी, नेपाली सेना र निजामति कर्मचारीमा जागिर खाइरहेकाहरुको सदस्यता नवीकरण भएको छैन्, जनप्रतिनिधि तथा निश्कृय भइसकेकाको पनि सदस्यता शुद्धिकरण भएको छ ।’

उनले अभियान अन्तर्गत ५० प्रतिशत जति शुद्धिकरणको काम भइसकेको र बाँकी ५० प्रतिशतको शुद्धिकरण पनि भइसक्ने दावी गरे ।

‘अब विधानकै कुरा गर्नुहुन्छ भने शुद्धिकरण गर्ने काम जिल्ला शाखाकै अधिकार हो’ महासंघ शाखा सप्तरीको समन्वयमा महासंघ मधेशी समितिले आयोजना गरेको अन्तरसम्वादमा उनले भने–‘जिल्लाबाट शुद्धिकरण भएर आएको खण्डमा आफुहरुलाई पनि सहज हुनेछ, सो कुरामा जिल्ला शाखाका पदाधिकारीहरुले पनि विचार गर्ने कुरा मलाई विश्वास छ ।’

शुद्धिकरणले नै श्रमजिवी पत्रकारहरुको साझा, व्यवसायीक र मर्यादित संस्थाको रुपमा महासंघ स्थापित हुने उनले विश्वास व्यक्त गरे ।

शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित अन्तरसम्वादमा केन्द्रीय कोषाध्यक्ष राजेश कुमार मिश्र, प्रदेश आम सञ्चार प्राधिकरण, प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव, मिडिया काउन्सिल प्रदेश २ का अध्यक्ष शिवहरि प्रसाद भट्टराई, महासंघ प्रदेश समितिका सचिव रामनारायण विश्वास, शाखा सिरहा र झापाका अध्यक्ष लगायतले बोलेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780