पर्सामा १२ किलो गाँजासहित एक महिला पक्राउ

बारा, १० चैत। पर्सामा १२ किलो लागुऔषध गाजाँसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा जिराभवानीपुर गाउँपालिका वडा नम्बर–४ का प्रभु मुखिया बिनकी ५० वर्षीया पत्नी मिना देवी छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको टोलीले जितपुरसिमरा उपमहानगरपालिका–७ टेढा टोलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।

गत सोमवार साँझ साढे ६ बजेतिर अटोको प्रतीक्षामा बसेकी मीनादेवीमाथि शंका लागी चेकजाँच गर्दा उनले बोकेकी प्लाष्टिकको झोलाभित्र १२ किलो गाजाँ बरामद भएको जनाएको छ । मीनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस