सप्तरीमा लागुऔषधसहित सरदार पक्राउ

राजविराज, १० चैत । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ बाट लागुऔषधसहित मंगलवार एक युवक पक्राउ परेका छन् ।

बिओपी तिलाठी अन्तर्गतका एफओबी पोष्ट खाँडोखोलाबाट खटिएको गस्ती टोलीले कञ्चनरुप नगरपालिका–११ का २२ वर्षीय राजु सरदारलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउने क्रममा पक्राउ परेका सरदारको साथबाट लिजिसिक इन्जेक्शन, डाइजेपाम इन्जेक्शन र फेर्नागन इन्जेक्शन ३५/३५ थान बरामद गरिएको छ ।

उनीहरुमाथि आवश्यक कारवाहीको लागि प्रहरी चौकी तिलाठीमा वुझाउने तयारी भइहरको सशस्त्र प्रहरी बल नेपाल बिओपी तिलाठीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस