नयाँ तथा सदस्यता नवीकरणमा भएको धांधली आपत्तिपूर्ण : प्रेस मञ्च

राजविराज, १० चैत । नेपाल पत्रकार महासंघले मनपरी र विधि विधान विपरित नयाँ र सदस्यता नवीकरण गरेको भन्दै प्रेस मञ्च नेपाल शाखा सप्तरीले आपत्ति जनाएको छ । मञ्चले मंगलवार विज्ञप्ति जारी गर्दै नयाँ सदस्यता र सदस्यता नवीकरणमा जिल्ला शाखा र प्रदेशको मानमर्दन भएको ठहर गरेको छ ।

राजनीतिक आस्थाबाट अभिप्रेरित भएर आ–आफ्नो मतदाता बढाउने उद्देश्य हेतु महासंघका अध्यक्ष र महासचिवले धांधलीपूर्ण रुपमा नयाँ र सदस्यता नवीकरण गरेको मञ्चका अध्यक्षद्वय शुभचन्द्र झा र वृजमान तामाङले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा छ ।

विज्ञप्तिमा सो निर्णय अविलम्ब सच्याउन माग गरिएको छ भने नसच्याइए आगामी निर्वाचनलाई अवरुद्घ गर्ने गरी प्रेस मञ्चले नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा तालाबन्दी गर्ने चेतावनी समेत दिइएको छ ।

यसअघि मंगलवारै महासंघ शाखा सप्तरीले पनि विज्ञप्ति जारी गर्दै सो कार्यको विरोध जनाएको छ । निर्णय सच्याउन विज्ञप्तिमार्फ माग गरिएको छ भने अविलम्व निर्णय नसच्याइए तीनै तह (शाखा, प्रदेश र केन्द्र) को निर्वाचन नै वहिष्कार गरी संघर्षमा जान बाध्य हुने विज्ञप्तिमा चेतावनी समेत दिइएको छ ।

यो पनिः

पत्रकार महासंघले आफ्नै विधान मिचे, सप्तरी शाखा आन्दोलित

Author:



क्याटोगरी छान्‍नुहोस