चेक बाउन्सः ६० लाखबढी जरिवाना, तीन महिनापछि पक्राउ

राजविराज, १० चैत । सप्तरी प्रहरीले बैंकिङ कसूर (चेक बाउन्स) मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ का ३३ वर्षीय प्रशान्त कुमार चौधरी छन् ।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई गत सोमवार घरबाटै पक्राउ गरेको हो । गत पुस १३ गते उच्च अदालत विराटनगर मोरङको संयुक्त बाणिज्य इजलासले बैंकिङ कसूरमा चौधरीलाई ६० लाख ७५ हजार रुपैयाँ जरिवाना र १४ दिनको कैद सजाय फैसला भएको थियो ।

सोपछि फरार रहेका चौधरीलाई प्रतिवादीलाई खोजतलास गर्दै पक्राउ गर्ने अभियान तहत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्र्रसाद काफ्लले बताए । उनलाई आज (मंगलवार) अदालतमा पेस गरिएको कैद र जरिवाना भुक्तानको लागि कारागार पठाइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस