माओवादीले समर्थन नलिएसम्म सरकारको नेतृत्व गर्ने सोच छैन : देउवा

विराटनगर, १० चैत । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले माओवादी र एमालेको संयुक्त सरकार भएको हुँदा यस्तो बेला आफुले चाहेर पनि प्रधानमन्त्री बन्न नसकिने स्पष्ट पारेका छन् ।

सुनसरीको धरानमा ५६ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलनको सन्दर्भमा आयोजित समावेशी लोकतन्त्र र संवैधानिक व्यबस्था विषयक प्रदेश स्तरिय अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

उनले काँग्रेसले सवोच्चको फैसला सुरुदेखि नै मान्दै आएकको भन्दै माओवादीले सरकारको समर्थन फिर्ता नलिएसम्म आफु सरकारको नेतृत्व गर्नेतर्फ सोच नराखेको बताए । काँग्रेसलाई जनताले प्रतिपक्षीमै बस्न आग्रह गरेको भन्दै नयाँ सरकार बन्ने बाटो नखुलेसम्म आफु मरिहत्तै नगर्ने उनले बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले दलित सङ्घका नेताहरूले काँग्रेसलाई भोट हाल्ने वातावरण बनाउनुपर्ने आग्रह गरे । दलितहरूलाई काँग्रेस प्रति आकर्षण बढाउन नेताहरुलाई उनले सुझाए ।

Author:



क्याटोगरी छान्‍नुहोस