इटहरीमा २ लाख राशिको फुटबल प्रतियोगिता हुने

विराटनगर । सुनसरीको इटहरीमा फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । गिरिजाप्रसाद कोइराला फाउन्डेसन युवा तथा खेलकुद विभाग प्रदेश १ ले प्रतियोगिता गर्न लागेको हो ।

गिरिजा प्रसाद कोइरालाको ११ औं स्मृतिको अवसर पारेर विभागले स्वास्थ्य शिविर, फुटबल प्रतियोगिता, फोटो प्रर्दशनी लगायतको कार्यक्रमको आयोजना गर्न लागेको मंगलबार इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । विभाग प्रदेश १ का संयोजक सूर्य राईले १२ गते बिहीबारदेखि २१ गतेसम्म इटहरी रंगशालामा नगरस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।

सो खेलमा प्रदेश १ का ८ वटा टिमले सहभागिता जनाउनेछन् । राईका अनुसार इटहरी, विराटनगर, धरान, उदयपुर, उर्लाबारी, दमक, इनरुवा र धनकुटाले प्रतियोगितामा सहभागी जनाउनेछन् । विजेता टिमले नगद दुई लाख र उपविजेताले नगद एक लाख हात पार्नेछन् ।

सुनसरी फुटबल संघका कोषाध्यक्ष कोबितजंग कार्कीले नगरपालिकाले खेलकुद क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउन उक्त प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस