‘सरकारलाई बिदा गर्न ढिलाई गर्नु प्रतिपक्षी दलको धर्म अनुकुल भएन’

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओली सरकारलाई विदा गर्न ढिलाई गर्नु प्रतिपक्षी दलको धर्म अनुकुल नभएको बताएका छन् ।

उनले विहिवार ट्वीट गर्दै असंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुनः नयाँ प्रपञ्च गरिरहेको सरकारलाई बिदा गर्न ढिलाई गर्नु प्रतिपक्षी दलको धर्म अनुकुल नभएको बताए ।

उनले बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दलको धर्म कुनै पनि बेला बैकल्पिक सरकार दिन सक्नु भएको बताए । डा. भट्टराईले सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने र आवश्यक परे नयाँ निर्वाचनमा जान प्रतिपक्षी दल तयार रहनु पर्ने बताए ।

उनले ट्वीटमा लेखेका छन्, ‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनैपनि वेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने हो। अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुनःनयाँ प्रपंच गरिरहेको ओली सरकारलाई विदागर्न ढिलाइगर्नु प्रतिपक्षको धर्म अनुकुल भएन है!’

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780