कोरोना सतर्कताः सभा, सम्मेलन, जात्रा पर्व सञ्चालनमा रोक

राजविराज, १२ चैत । कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि सप्तरीमा भीडभाड हुने गरी सभा, सम्मेलन, जात्रा पर्व सञ्चालनमा गर्न रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।

निर्णयपछि जिल्ला प्रशासन कार्यालयले सूचना जार्दै अर्को आदेश नभएसम्म सो कार्य नगर्न नगराउन भनिएको छ । यसैगरी अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन, निस्किनु नै परेमा मास्क र स्यानिटाइजरको प्रयोग गरी सामाजिक दुरी कायम राख्न सूचनामा उल्लेख छ ।

यसैगरी आउँदो होली (फागु) पर्व आ–आफ्ना घरमा सुरक्षित तरिकाले सभ्य रुपमा मनाउन सूचनामा आग्रह गरिएको छ । जबरजस्ती पानीको लोला हान्ने, हिलो छ्याप्ने, जबरजस्ती रंग दल्ने कार्य नगर्न नगराउनका साथै मादक पदार्थ सेवन गरी अनावश्यक हो–हल्ला तथा झैंझगडा नगराउन सूचनामा आग्रह गरिएकोछ । सो विपरित कार्य गरेको पाइए कानून अनुसार कारवाही गर्ने सूचनामा चेतावनी समेत दिइएको छ ।

नाकामा हेल्प डेस्क स्थापना

सप्तरीस्थित भारतसँग सिमानाका जोडिएको बेल्ही भन्सारमा हेल्प डेक्स स्थापना गरिएको छ । तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित बेल्ही भन्सारमा हेल्प डेस्क स्थापना गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले मधेशलाइभलाई जानकारी दिए ।

भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरुलाई प्रारम्भिक स्वास्थ्य जाँचकासाथै आवश्यक सोधपुछ कार्य सुरु भइसकेको उनले बताए । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सो कार्य भइरहेको र शंकास्पद व्यक्तिलाई तत्काल राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाउने तयारी रहेको जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780