उत्तम शासन व्यवस्थाकालागि प्रदेश र स्थानीय तहको सम्बन्ध थप सुमधुर हुनुपर्छ: मुख्यमन्त्री राउत

जनकपुरधाम, १२ चैत । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै उत्तम शासन व्यवस्थाका लागि आवश्यक कार्यक्रमहरु तुर्जमा गर्नु पर्नेमा जोड दिएका छन् । ‘प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आगामी आर्थिक वर्ष २०७८/०७९ को प्रादेशिक वार्षिक रणनीतिक कार्यान्वयन योजना पूर्व तैयारी बैठक’मा उनले यस्तो बताएका हुन् ।

परम्परागत कार्यक्रमहरुले मात्र प्रदेश तथा स्थानीय शासनमा सहयोग नपुग्ने उल्लेख गर्दै उनले उनले प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमलाई तालिम गोष्ठीका साथै पूर्वाधार निर्माणमा पनि जोड निर्देशन दिए । मुजेलियास्थित ग्रामीण विकास केन्द्रलाई प्रदेशकै अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गर्नका लागी अविलम्ब मास्टर प्लान बनाउन पनि मुख्यमन्त्री राउतले सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिए ।

प्रदेशका प्रमुख सचिव गोकर्ण मणि दुवाडीको अध्यक्षतामा आयोजित कार्यक्रममा मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले सरकारको प्राथमिकताहरुलाई पिएलजिएसपीको कार्यक्रममा समेटनु पर्ने सुझाव दिए । कार्यक्रममा प्रदेश सरकारका सचिवहरु, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी) का साझेदार संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस