धरानबाट ब्राउनसुगरसहित चार जना पक्राउ

इटहरी । सुनसरीको धरान उपमहानगरपालिका–१५ बाट खैरो हेरोइन (ब्राउनसुगर) लागुऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१५ का २२ बर्षीय सुजन धमला, २५ बर्षीय बिधान आलेमगर, १९ बर्षीया मनुषा तामाङ र वडा नम्वर १७ का २१ बर्षीय अर्पण धमला रहेका छन् ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका आलेमगरको घरमा खानतलासी गर्ने क्रममा फ्रिजबाट ११ ग्राम लागुऔषध खैरो हिरोईन फेलापारी बरामद गरिएको छ भने घरबाटै चारै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । चारै जनामाथि लागुऔषध मुद्दामा कानुनी कारबाही अगाडी बढाई थप अनुसन्धान भईरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस