सप्तरीमा वालिका बलात्कार गर्ने मुखिया १३ वर्षपछि पक्राउ

राजविराज, १२ चैत । वालिकालाई बलात्कार गरेको मुद्दामा दोषी ठहर भएर फरार रहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ३५ वर्षीय सेभु भनिने श्याम मुखियालाई पक्राउ गरिएको छ । प्रहरी चौकी को.बरसाईनबाट खटिएको प्रहरी टोलीले बुधवार उनलाई पक्राउ गरेको हो ।

मुखियाले २०६४ असोज ९ गते साविक को.बरसाईन गाविस–४ की एक १० वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका थिए । २०७५ असार ५ गते सप्तरी जिल्ला अदालतले उनलाई दोषी ठहर गरी १३ वर्ष कैद फैसला गरेको थियो ।

खोज तलाश गर्ने क्रममा पक्राउ गरिएको मुखियालाई बुधवारै अदालतमा उपस्थित गराएर कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस