कोरोनाको जोखिमलाई मध्यनजर गर्दै होली पर्व मनाउन मुख्यमन्त्रीको आग्रह

जनकपुरधाम, १४ चैत । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको जोखिमलाई पुनः बढ्दै गएकाले स्वास्थ्य सतर्कता अपनाएर होली पर्व मनाउन आग्रह गरेका छन् । शनिवार उनले शुभकामना सन्देश जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

उनले होली पर्वको सुखद अवसरमा सम्पूर्ण प्रदेशवासीको सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतीको शुभकामना समेत व्यक्त गरेका छन् ।

साथै जनकपुरधामको ऐतिहासिक एवं सांस्कृतिक धरोहर मिथिला मध्यमा परिक्रममा सहभागी हुनु भएको सम्पूर्ण साधुसन्त एवं धर्मानुरागीहरुमा पनि मुख्यमन्त्री राउतले शुभकामना दिएका छन् ।

 

Author:



क्याटोगरी छान्‍नुहोस