पत्रकार महासंघको उपाध्यक्ष पदमा झाको उम्मेदवारी

राजविराज, १४ चैत । नेपाल पत्रकार महासंघको यही चैत २५ गते हुन लागेको निर्वाचनमा उपाध्यक्ष (समावेशी) पदको लागि सप्तरीका पत्रकार अवधेश कुमार झाले उम्मेदवारी हालेका छन् । निर्वाचनको तालिका अनुसार उनले शनिवार उम्मेदवारी हालेका हुन् ।

लामो समयदेखि सप्तरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका झा कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकाका उपसम्पादक हुन् । यसअघि पनि उनी महासंघको केन्द्रीय सदस्य एवं मधेस समितिका संयोजक समेत रहिसकेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस