एसपीएल सिजन-३ को उपाधीमाथि बजाज खडक वारियर्सको कब्जा

राजविराज, १४ चैत । तेश्रो संस्करणको सप्तरी प्रिमियर लिग (एसपीएल) को उपाधी बजाज खडक वारियर्सले उचालेको छ । राजविराज रंगशालामा शनिवार सम्पन्न फाइनलमा रुपनी राइडर्सलाई एक रनले पराजित वारियर्सले उपाधि उचालेको हो ।

विवेक यादवले कप्तानी गरेको वारियर्सले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेलले कप्तानी गरेको राईडर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रनमै समेटिएको छ । राईडर्सको लागि निरज मुखियाले अविजित ५२, सुनिल धमलाले २३, अमित यादवले १९ र कुशल भुर्तेलले १५ रनको योगदान दिए ।

वारियर्सको बलिङतर्फ अनिल खरेल र गोमानन्द अमात्यले समान ३–३ विकेट लिए भने खरेलले ४ ओभरमा १ मेडन ओभर गर्दै १० रन तथा अमात्यले ४ ओभरमा १८ रन खर्चिए। भुलावन सहानिले २ विकेट तथा पवन सर्राफले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४६ रनको योगफल तयार गरेका थिए । वारियर्सकालागि ओपनर निरज यादवले सर्वाधिक ५१, अर्का ओपनर अनिल शाहले २९, कप्तान विवेक यादवले २२ र भुलावन सहानीले अविजित १३ रनको योगदान दिए ।

रुपनी राईडर्सको बलिंगमा दायाँ हाते फास्ट बलर अनिल यादवले सर्वाधिक ३ विकेट र सुनिल धमला र कुशल भुर्तेलले समान १–१ विकेट लिए । विजेता वारियर्सले ३ लाख रुपैयाँ हात पार्यो भने उपविजेता राईडर्सले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी बजाज खडक वारियर्सका अनिल कुमार शाह चुनिए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा अनिलले २ वटा शतक र एउटा अर्धशतक प्रहार गर्दै ५ खेलमा कुल ३३४ रन बनाए ।

प्रतियोगिताकै उत्कृष्ट बलर बिशाल सुश्लिंग र उत्कृस्ट ब्याट्सम्यान अनिल शाह चुनिए जसले १५ हजार प्राप्त गरे । विशालले प्रतियोगितामा ४ खेलमा ९ विकेट लिए ।

विजेता खेलाडीहरुलाई राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, रुपनी गाउँपालिकाका वडाध्यक्ष पिताम्बर यादव, राजविराज नगरपालिकाका वडाध्यक्ष जयनारायण मण्डल, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, क्रिकेट विकास प्रतिष्ठानका अध्यक्ष इन्द्रनरायण देव लगायत अतिथिहरुले पुरस्कार प्रदान गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस