होली लगत्तै क्रिकेटको बन्द प्रशिक्षण सुरु हुने

जनकपुरधाम । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण होली लगत्तै सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने त्रिदेशीय टी-ट्वान्टी सिरिजका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण होली लगत्तै सुरु हुने क्यानका एक पदाधिकारीले मधेशलाईभलाई जानकारी दिए ।

प्रशिक्षक डेभ वाटमोर उपत्यकाबाहिर रहेकाले बन्द प्रशिक्षण होलीपछि मात्रै सुरु हुने उनले जानकारी दिएका हुन् ।

‘भर्खरै मात्र सिरिजको मिति घोषणा भएको छ । यतिबेला प्रशिक्षक वाटमोर पनि उपत्यका बाहिर छन्,’ उनले भने, ‘प्रशिक्षक उपत्यका बाहिर रहेकाले शिक्षणका लागि कार्ययोजना पनि बनाउन पाएका छैनन् । अहिले होली पनि छ । अब राष्ट्रिय टोलीको बन्द प्रशिक्षण होलीपछि मात्रै सुरु हुनेछ ।’

नेपालले घरेलु भूमिमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिदेशीय टी-ट्वान्टी सिरिज खेल्ने शुक्रबार क्यानले घोषणा गरेको थियो । सिरिज टियु क्रिकेट मैदानमा बैशाख ४ देखि ११ गतेसम्म (अप्रिल १७-२४) हुनेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस