साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्छः प्रधानमन्त्री

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका छन् । रिपोर्टस क्लबको मंगलबार वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने–‘साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्छ, कसैलाई आपत्ती लाग्ला, लाग्न सक्छ । आपत्ती लाग्छ भने पनि सामाजिक सुरक्षा भत्ता साउन १ गतेदेखि लागू हुने गरी बढाइनेछ ।’

यसअघि नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको बामपन्थी गठबन्धनले गत निर्वाचनमा वृद्धभत्ता बढाएर ५ हजार पुर्याउने घोषणा गरेको थियो । हाल वृद्धभत्ता मासिक ३ हजार रुपैयाँ छ ।

Author:



क्याटोगरी छान्‍नुहोस