महोत्तरीमा घाँस काट्न गएकी ७ जना युवती सम्पर्क विहीन

जनकपुरधाम, १७ चैत । महोत्तरीमा मंगलवार दिउँसो घाँस काट्न गएकी सात जना युवती सम्पर्क विहीन भएकी छन् । दिउँसो २ बजेतिर घाँस काट्न गएकी भंगहा नगरपालिका वडा नम्वर ८ धर्मपुरकी ती युवतीहरु अबेर रातिसम्म घर फर्किएकी छैन् ।

स्थानीय विष्णु पासवानका अनुसार १३ वर्षीया ज्योती पासवान, १५ वर्षीया रिया पासवान, १८ वर्षीया नगिना पासवान, सोही उमेरकी अस्मिता पासवान, १० वर्षीया रंजना पासवान, रचना पासवान र ११ सिमा पासवान सम्पर्क विहीन छन् ।

सवैतिर खोज तलास गरिसक्दा समेत उनीहरुको कहीँकत्तै पत्ता नलागेको उनले बताए । ‘दिउँसो घाँस काट्न उनीहरु निस्केकी थिइन्, तर अबेर रातिसम्म पनि घर नफर्किएपछि हामीले खोजतलास सुरु गरे’ उनले भने–‘र प्रहरीलाई पनि खबर गरेसँगै हामी गाउँले र प्रहरी मिलेर खोजी कार्यमा जुटेका छौं, अहिले १० बजिरहदा पनि उनीहरुलाई फेला पार्न सकेका छैनौं ।’ अझैसम्म उनीहरु नभेटिदा परिवारजनमा रुवाबासी सुरु भएको छ ।

घटनाबारे पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले स्थानीयको सहयोगमा युवतीहरुको खोजी कार्य भइरहेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस