सप्तरी, सिरहासहितका ३० कर्मचारीलाई कारवाहीको चेतावनी (सूची)

राजविराज । स्वास्थ्य सेवा विभागले खटाइएको ठाउँमा नजाने कर्मचारीहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । विभागले खटाइएको ठाउँमा नजाने ३० कर्मचारीको नामावली प्रकाशन गर्दै तीन दिनभित्र सम्पर्कमा नआए कारबाही गर्ने चेतावनी दिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुरोधमा चीन र भारतसँग सीमा जोडिएका नेपाल प्रवेश गर्ने प्रमुख नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महामारीजन्य रोगहरूको पहिचान तथा निराकरणका लागि तोकिएको कामकाजका लागि ४८ जना खटाएकोमा ३० जना सम्पर्कमा नआएको भन्दै तीन दिने सूचना जारी गरेको थियो ।

फाजिलमा रहेका ती कर्मचारीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँदेखि काकरभिट्टा, रानी, माडर, गौर, वीरगन्ज, बेलहिया, कृष्ण नगर, कपिलवस्तु, जमुनाह, गौरीफन्टा, तातोपानीलगायत सीमा क्षेत्रमा खटाएको थियो ।

 

Author:



क्याटोगरी छान्‍नुहोस