सम्पर्क विहीन महोत्तरीकी युवतीहरु भारतबाट फेला

जनकपुरधाम, १८ चैत । महोत्तरीमा मंगलवार दिउँसोबाट सम्पर्क विहीन भएकी युवतीहरु १८ घण्टापछि सम्पर्कमा आएकी छन् । दिउँसो २ बजेतिर घाँस काट्न गएकी भंगहा नगरपालिका वडा नम्वर ८ धर्मपुरकी ७ जना युवतीहरु सम्पर्क विहीन भएकी थिइन् ।

उनीहरु भारतको सीमामढीबाट फेला परेको भंगहा नगरपालिकाका मेयर संजीव साहले जानकारी गराएको हो । भारत प्रवेश गरेकी युवतीहरुलाई रेल्वे प्रशासनले आफ्नो निगरानीमा राखेको बताइएको छ । यता, महोत्तरी प्रशासनले उनीहरुको आफ्न्तसहित भारततर्फ जान लागेको बताइएको छ । यद्यपी, महोत्तरी प्रशासनले भने सो बारे कुनै प्रतिक्रिया दिएको छैन् ।

स्थानीय विष्णु पासवानका अनुसार १३ वर्षीया ज्योती पासवान, १५ वर्षीया रिया पासवान, १८ वर्षीया नगिना पासवान, सोही उमेरकी अस्मिता पासवान, १० वर्षीया रंजना पासवान, रचना पासवान र ११ सिमा पासवान सम्पर्क विहीन थिइन् ।

गए राति अबेरसम्म सवैतिर खोज तलास गरिसक्दा समेत उनीहरुको कहीँकत्तै पत्ता नलागेपछि प्रहरीलाई जानकारी गराएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस