बोदे बरसाईनका शिक्षण संस्थाहरु नियमित सञ्चालन

राजविराज, १८ चैत । सप्तरीको बोदे बरसाईन नगरपालिकाभित्रका शिक्षण संस्थाहरु नियमित सञ्चालन गर्न सूचना जारी गरिएको छ । नगरपालिका कार्यालयका निमित्त प्रशासकीय अधिकृत घनश्याम यादवले जारी गरेको सूचनमा यस नगरपालिकामा वातावरणीय असहज अवस्था नरहेको उल्लेख गरिएको छ ।

यसैगरी शैक्षिक क्रियाकलापहरु अवरोध भएको कारणले तोकिएको पाठ्यक्रम पुरा नहुने सम्भवनालाई मध्यनजर गरी यस नगरभित्रका सम्पूर्ण शिक्षण संस्थाहरु मौसमी सजगता तथा नेपाल सरकारले जारी गरेको कोभिड–१९ को मापदण्ड समेत पालना गरी शिक्षण संस्थाहरु नियमित रुपमा सञ्चालन गर्न सूचनामार्फत जानकारी गराएको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गत सोमवार (चैत १६ गते) विज्ञप्ती जारी गर्दै वायु मण्डलमा देखा परेको अस्वभाविक वातावरणीय परिस्थितीका कारण देखाउँदै शुक्रवार (चैत २० गते)सम्म शिक्षण संस्था बन्द गर्न भनिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस