सुनसरीमा भाला हानेर हत्या, आरोपी पक्राउ

इटहरी, १८ चैत । सुनसरीको इटहरी उपमहानगरपालिका–२ भुल्के चौकका केशव कार्कीलाई भाला प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सोही ठाउँका जीवन रेग्मीलाई ईलाका प्रहरी कार्यालय इटहरीले आज (बुधवार) पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

रेग्मीले पुरानो रिसिइबीका कारण कार्कीको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन केसीले जानकारी दिए । रेग्मीमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गराएर अनुसन्धान भइरहेको जनाएको छ ।

गत आइतवार (चैत १५ गते) ४८ वर्षीय कार्कीमाथि भाला प्रहार भएको थियो । फलामको भाला प्रहारबाट गम्भीर भएका कार्कीको उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाउने क्रममा बाटैमा मृत्यु भएको थियो ।

सोही पत्रकार सम्मेलनमा नेपाल टेलिकमको तार चोरी गर्ने २ जनालाई पनि सार्वजनिक गरिएको छ । गत गत सोमवार (चैत ९ गते) इटहरी–५ खेती खोलाको पुलमा नेपाल टेलिकमको अन्डर ग्राउण्ड गरिएको तार काट्दै गर्दा दुवै जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इटहरी–५ कै ३१ वर्षीय इश्वर लिम्बु र २४ वर्षीया रेनुका राई छन् । उनीहरुमाथि पनि जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भईरहेको जनाएको छ ।

हत्या मुद्दाका दुई आरोपीद्वारा आत्मसर्मपण

कर्तव्य ज्यान मुद्दामा फरार रहेका दुई युवकले ईलाका प्रहरी कार्यालयमा आत्मसर्मपण गरेका छन् । २०७५ साल साउन ९ गते इटहरी–१० का ३२ वर्षीय कृष्ण ढकालको हत्यामा संलग्न भनिएका दुवै जना फरार रहेका थिए ।

उनीहरु भारतको नयाँ दिल्लीमा रहेको प्रहरीले जानकारी पाएसँगै ईलाका प्रहरी कार्यालय इटहरीले भारतीय प्रहरीसँगको सहयोगमा खोजी कार्य तीव्र बनाएका थिए । सोही क्रममा दुवै जनाले गत शनिवार (चैत १५ गते) आत्मसर्मपण गरेका हुन् ।

आत्मसर्मपण गर्नेहरुमा इटहरी–१० का सुभाष चौधरी र विजय थापा भनिने मदन थापा छन् । उनीहरुलाई जिल्ला अदालतको आदेशले हिरासतमा राखेर थप अनुसन्धान भईरहेको डिएसपी केसीले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780